काठमाडौं । गृह मन्त्री रामबहादुर थापा बादलले गृह प्रशासन सुधार सम्बन्धी नयाँ कार्यायोजना सार्वजनिक गरेका छन् ।
सोमबार उनले कार्ययोजना सार्वजनिक गर्दै आर्थिक विकाश र सम्वृद्धिका लागि शान्ती र शुसान कायम गर्नु पर्ने बताएका छन् ।
गृहमन्त्री थापाले नीतिगत र कानूनी सुधार, संगठनात्मक सुधार र रुपान्तरण, जनशक्ति व्यवस्थापन, सेवा प्रवाह र सुशासन, सुरक्षा व्यवस्थाको प्रभावकारिता, सूचना प्रविधिमा आधारित गृह प्रशासन, अध्यागमन र सीमा प्रशासनको सुदृढीकरण, विपद् जोखिम न्यूनीकरणमा क्षमता अभिबृद्धि, अनुशासन र सदाचारिता प्रवद्र्धन, कार्ययोजना कार्यान्वयन अनुगमन सहित ८२ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् ।
प्रभावकारी कार्यान्वयनबाट शान्ति सुरक्षा, जनसेवा र सुशासन युक्त वातावरण निर्माण भई राष्ट्रिय एकता सहितको विकास र समृद्धिमा योगदान पुग्ने गरि कार्य दिशा तयार गरिएको उक्त कार्ययोजनामा उल्लेख छ ।
यसैगरी गृहमन्त्रीको अध्यक्षतामा ८ सदस्यीय सुधार कार्ययोजना कार्यान्वयन, अनुगमन तथा निर्देशन समिति समेत बनाइएको छ ।