काठमाडौं । यातायात व्यवस्था विद्यालयले प्रयोग गर्ने बसका लागि नयाँ मापदण्ड तोकेको छ । विभागले स्कुल बस निर्देशिका जारी गर्दै नयाँ मापदण्ड तोकेको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।
सवारी तथा यातायात ऐन २०४९ को प्रावधानलाई आधार बनाएर निर्देशिका जारी गरिएको विभागका महानिर्देशक भट्टराईले जानकारी दिए । मापदण्ड अनुसार बसको रङ पहेलो हुनुपर्ने छ । त्यस्तै बसमा स्कुलको नाम र ठेगाना उल्लेख गर्नुपर्ने छ । यस्तै उक्त बस कुन कुन रुटमा सञ्चालन गरिने रुट तथा गुड्ने समय समेत लेखेर बसमा टाँसिएको हुनुपर्नेछ ।
्यसैगरी बसमा आपतकालीन ढोका, ढोकाको चुकुल, अग्नि नियन्त्रणमा प्रयोग गरिने उपकरण प्रष्ट देखिने ठाउँमा राख्नुपर्नेछ भने फोहोर फ्याँक्नका लागि डस्टविन पनि अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ । मापदण्डमा चालक र सहचालकका लागि पनि युनिफर्मको व्यवस्था गरिएको छ ।
साथै भाडाका सवारीसाधन प्रयोग गरिएको अवस्थामा भने ‘स्कुल अन ड्युटी’ लेखिएको व्यानर राख्नुपर्ने छ । स्कुल बस प्रतिघण्टा ४० किलोमिटर भन्दा बढी गतिमा चलाउन पाईने छैन भने सिटसंख्या भन्दा बढी पनि राख्न नपाईने निर्देशिकामा उल्लेख छ ।