Logo

‘फाइनान्सियल फ्राउड’ सम्मेलन गर्दै एनबीआई, वित्तीय अपराध न्युनिकरण गर्न सहयोग पुग्ने

‘फाइनान्सियल फ्राउड’ सम्मेलन गर्दै एनबीआई, वित्तीय अपराध न्युनिकरण गर्न सहयोग पुग्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१९ फागुन, काठमाडौं । नेशनल बैंकिङ इष्टिच्युटले ‘फाइनान्सियल फ्राउड’ को आयोजना गर्ने भएको छ । एनबीआईले वित्तीय क्षेत्रका उच्च तहमा कार्यरत कर्मचारीलाई लक्षित गरी सो सम्मेलनको आयोजना गर्न लागेको हो । यही फागुन २७ गते काठमाडौंमा आयोजना हुन लागेको उक्त सम्मेलन एनबीआई र भारतको ‘फिन्टीलेक्ट’ नामक संस्थाको आयोजना गरिने भएको छ ।

सम्मेलनमा विशेषगरी हाल बैंक तथा वित्तीय क्षेत्रमा देखा परेका ठगी तथा घोटलाको बारेमा छलफल तथा वहस हुनेछ । साथै, सो क्षेत्रमा हुने गुरेको ठगी, भविश्य हुन सक्ने ठगी तथा घोटालाहरु, अनुसन्धानका प्राविधिक तरिका, सूचना प्रविधिमा आधारित ठगी र सो निराकरणका लागि चालिएका अन्तरराष्ट्रिय अनुभवहरु आदनप्रदान गरिने एनबीआईले जानकारी दिएको छ ।

कार्यक्रममा स्थानीय विज्ञका साथै रिक्स म्यानेजमेण्ट इण्डियन बैंकर्स एशोयिसयशनका वरिष्ठ सल्लाहकार सञ्जित शुक्ल, आरबीआइका पूर्व महाप्रवन्धक देरेशा करुणाकरण, सन्दिप मेहरा, शिरिष पाठकलगायतका अन्तरराष्ट्रिय वक्ताहरुको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL