काठमाडौँ । नेपाल चेम्वर अफ कमर्सले सार्वजनिक विदा कटौतीको स्वागत गरेको छ ।
चेम्वरले सरकारले सार्वजनिक विदा कटौती गरेकामा स्वागत गर्दै अनावश्यक विदाले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पारेको बताएको छ । चेम्बरले विगतदेखी नै सार्वजनिक विदा कटौती गर्नु पर्ने माग गर्दै आएको बिज्ञप्तीमा उल्लेख छ ।
अनावश्यक विदाले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पारेको भन्दै चेम्वरले विदा कटौती गर्न प्रधानमन्त्री, मन्त्रीलगायतका उच्चपदस्थ सरकारी अधिकारीहरुसँंगको भेटघाटमा चेम्वरले विदा हटाउनु पर्ने मागलाई अघि सार्दै आएको थियो ।
चेम्बरले सार्वजनिक विदाको दिनमा पनि बैंक तथा वितीय संस्थाहरु सञ्चालन गर्न माग गरेको छ । मन्त्रिपरिषद्को बुधवार साँझ बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक विदा कटौती गर्ने र कार्य दिन बढाउने उद्देश्यले वर्षभरीमा ८९ दिन विदा कायम गर्ने निर्णय गरेको थियो ।
यसअघि वर्षभरीमा १ सय ४ दिन विदा थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक विदाको दिन भने ६७ कायम गरिएको छ