Logo

५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा पठाउने सरकारी निर्णय, २२ दिन सार्वजनिक विदा कटौती

५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा पठाउने सरकारी निर्णय, २२ दिन सार्वजनिक विदा कटौती


बिजखबर संवाददाता
297
Shares

काठमाडौं । सरकारले केन्द्रमा रहेका कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गरेको छ । आज बेलुका बसेको मन्त्रिपरिषद् बैंठकले प्राविधिक र प्रशासनिक गरी ५७ हजार ३ सय ५४ कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गरेको संचार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

स्थानीय तहको अन्तरिम संगठन, संरचना तथा दरबन्दीको प्रस्ताव स्वीकृत गर्दै कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गरेको हो । बैंठकले जनसंख्याका आधारमा कर्मचारीको संख्या निर्धारण गरेको हो ।

हाल मन्त्रालयमा ३ हजार २ सय ६० दरबन्दी रहेकोमा त्यसलाई घटाउँदै २ हजार ६ सय ५४ मा झारिएको छ ।

सार्वजनिक विदा कटौती

मन्त्रिपरिषद्को आजै बसेको बैंठकले सार्वजनिक विदामा पनि व्यापक कटौती गरेको छ । बैंठकले २०७५ सालमा २२ वटा सरकारी विदा कटौती गर्ने निर्णय गरेको हो ।

विदा घटाउने निर्णसँगै अब २०७५ सालमा ८९ वटा मात्र सार्वजनिक दिा हुने भएको छ । जसमा सबै समुदायका लागि ६७ दिन र कुनै खास धर्म र सम्प्रदायका लागि हुने विदा २२ दिइने भएको छ । २०७४ सालमा यस्तो विदा १ सय ४ दिन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL