काठमाडौं । जिल्ला समन्वय समिति (जिसस)का संयोजकले पनि कूटनीतिक राहदानी प्रयोग गर्न पाउने भएका छन् । आज बसेको मन्त्रीपरिषद् बैंठकदले जिसस संयोजकलाई पनि कूटनीतिक राहदानी उपलब्ध गराउने निर्णय गरेको हो ।
यसैगरी बैंठकले गाउँपालिका अध्यक्षलाई विशेष राहदानी उपलब्ध गराउने निर्णय गरेको छ । बैंठकले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेहरुको सूची संशोधन गर्दे उक्त व्यवस्था गरेको हो ।
प्रदेशमन्त्री, सांसद तथा जिसस संयोजकसम्मले कूटनीतिक राहदानी अर्थात रातो पासपोर्ट पाउनेछन् ।