Logo

चालक अनुमतिपत्रका लागि निःशुल्क ‘ट्रायल’ सेवा सुरु

चालक अनुमतिपत्रका लागि निःशुल्क ‘ट्रायल’ सेवा सुरु


बिजखबर संवाददाता
13.7k
Shares

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनिमति पत्र (लाइसेन्स)को लागि निशुल्क ‘ट्रायल’ सेवा सुरु गरेको छ । विभागले उपत्यकाका तीन यातायात व्यवस्था कार्यालयमार्फत वितरणका लागि निःशुल्क ‘ट्रायल’ सेवा सुरु गरेका हुन् ।
लाइसेन्स वितरणका लागि ‘ट्रायल’ परीक्षा लिँदा शुल्क लिने व्यवस्था गरेको थियो । तर, सर्वोच्च अदालतले निःशुल्क सेवा दिन आदेश दिएसँगै उपत्यकाका तीन कार्यालयले आजदेखि निःशुल्क ‘ट्रायल’ सेवा सुरु गरेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ।

विभागले सुकेधारा, ठूलो भर्याङ र भक्तपुरस्थित सल्लाघारी कार्यालयबाट निःशुल्क ट्रायल सेवा सुरु गरेको विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिए ।

सर्वोच्च अदालतले निःशुल्क ‘ट्रायल’ लिने व्यवस्था मिलाउन आदेश दिएपछि तीनै कार्यालयले चालक प्रशिक्षण सञ्चालन गर्ने विद्यालयलाई प्रस्ताव पेश गर्न सार्वजनिक सूचना जारी गरेको थियो । जसअनुसार सुकेधारा कार्यालयका लागि तीन, ठूलो भ¥याङका लागि दुई र भक्तपुरका लागि एक प्रशिक्षण केन्द्रले आवेदन दिएका थिए ।

आवेदन दिएका प्रशिक्षण केन्द्रलाई पालैपालो ‘ट्रायल’ गर्ने अनुमति दिएको उनले बताए । सुकेधाराको ‘ट्रायल’ गर्ने अनुमति पाएको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधाराले आजदेखि सुरु गरेको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रमा आज १ सय ५० जनाको ‘ट्रायल’ भएको प्रबन्ध निर्देशक माधवप्रसाद अधिकारीले जानकारी दिए । पहिलो दिन आज कार चालक अनुमतिपत्र लिन चाहनेको ‘ट्रायल’ भयो ।

अरु सेवा पनि छिट्टै शुरु हुने केन्द्रले जानकारी दिएको छ । ठूलो भर्याङ र भक्तपुर कार्यालयले पनि यसै सातादेखि सेवा सुरु गर्ने विभागले बताएको छ । एकान्तकुना कार्यालयले भने १० वर्षका लागि शुल्क लिएर ‘ट्रायल’ लिने सम्झौता गरिसकेकाले निःशुल्क हुने छैन /रासस

प्रतिक्रिया दिनुहोस्
MBL