काठमाडौं । भैरहवाको गौतम बुद्ध विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । काठमाडौंबाट भैरहवातर्फ उडेको सो जहाल ल्याड गर्दा दुर्घटनामा परेको भैरहवास्थित विमानस्थल स्रोतले जानकारी दिएछ ।
जहाज ल्याण्ड भएर पार्किकतर्फ जाँदै गर्दा ह्विल लक भएर रनवे मै अड्किदा दुर्घटनामा परेको हो । सो विमान विमानमा २६ यात्रु र चालक दलका सदस्य थिए । तर, उनीहरु शकुसल रहेको विमानस्थलले जानकारी दिएको छ ।
विमान ल्याण्ड गर्दा प्राविधिक समस्या आएको र भोली देखी पुनः चल्ने यति एयरलाईन्सले जानकारी दिएको छ ।
साथै तत्कालका लागि विमानस्थल नै बन्द गरिएको छ ।