Logo

कार्गो शुल्क वृद्धिमा व्यवसायी र सरकारको आ-आफ्नै अडान, टीआईएबाट आयात निर्यात अझै ठप्प

कार्गो शुल्क वृद्धिमा व्यवसायी र सरकारको आ-आफ्नै अडान, टीआईएबाट आयात निर्यात अझै ठप्प


बिजखबर संवाददाता
162
Shares

काठमाडौं । नागरिक उड्यन प्राधिकरणले कार्गो शुल्क वृद्धिगरेसँगै त्रिभुवन अन्तराराष्ट्रि विमानस्थलबाट आयात निर्यात ठप्प भएको छ । बिहीबारदेखि व्यवसायीलेले आयात निर्यात ठप्प बनाएकोमा हालसम्म खुल्न सकेको छैन ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले सहमतिविपरीत एकतर्फी रूपमा कार्गो शुल्क बृद्धि गरेपनि त्यहाँबाट हुने आयात निर्यात दुबै ठप्प पारिएको नेपाल फ्रेड फरवार्डस एशोसिएशनका अध्यक्ष प्रकाश कार्कीले जानकारी दिए । ‘हामी कार्गो व्यवस्थापन तथा शुल्क निर्धारणसम्बन्धमा सरकारकै नेतृत्वमा गठिन समितिले नियमावली तयार पारेका थियौं,’ उनले भने, ‘तर, नागरिक उड्डयन प्राधिकरणले त्यसलाई कार्यान्वयन नगरी आफुखुशी शुल्क वृद्धि गर्यो ।’

सरकारले वृद्धि गरेको शुल्क नघटाएसम्म आयात निर्यात नगरिने समेत उनको भनाई थियो । हाल विमानस्थलमा कार्गो व्यवस्थापनको जिम्मा नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीले गर्दे आएको छ । सो कम्पनीले अचानक बुधबार एक सूचना प्रकाशित गरी बिहीबारबाटै कार्यान्वयनमा ल्याउने घोषणा गरेसँगै आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको समेत उनको भनाइ थियो ।

साथै विमानस्थलले डिमरेज शुल्क लाग्ने समय पनि घटाएर व्यवसायीलाई थप भार पारेको उनको भनाई थियो । ‘पहिला टीआईएको गोदाममा १ हप्तासम्म सामान बस्दा शुल्क तिर्न पर्दैन्थ्यो,’ कार्कीले भने, ‘तर, अहिले सामान राखेको भोलिपल्टबाटै डिमरेज शुल्क लाग्ने भनिएको छ ।’ नेपालको निर्यात व्यापार घटिरहेको अवस्थामा टीआईएको यस्तो निर्णयले झन असर पार्ने उनको तर्क थियो ।

नागरिक उड्डयन प्राधिकरणले भने सरकारले नयाँ शुल्क नभई पुरानै शुल्क कार्यान्वनमा ल्याएको जानकारी दिएको छ । ‘हामीले २०६७ सालमा निर्धारण गरेको शुल्कलाई कार्यान्वनयमा ल्याएका हौं,’ प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले भने, ‘पुरानै शुल्कलाई कार्यान्वयनमा ल्याउन खोज्दा व्यवसायीहरुले पटक–पटक आन्दोलन गर्दै आएका छन् अहिले पनि त्यहि नै भएको हो ।’

हाल विमानस्थल कार्गो व्यवस्थापनको लागि नयाँ नियमावली बनाइएको र उक्त नियामवली स्वीकृत भएसँगै समस्या समाधान हुने समेत गौतमले जानकारी दिए । ‘हामीले नियमावली बनाएर स्वीकृतिका लागि मन्त्रालयमा पठाएका छौं,’ उनले भने, ‘सम्भवन नियमावली आजै स्वीकृति हुने छ र आजैबाट समस्या समाधान हुनेछ ।’ व्यवसायी र सरकारबीच आज बेलुका सो सम्बन्धमा छलफल भएको र त्यसपछि आायत निर्यात आजैबाट खुल्ने समेत उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL