काठमाडौं । मन्त्रालय बाडफाँडमा भागबन्डा नमिलेपछि सत्तारुढ दलहरुबीच मन्त्रालय थप्ने सहमति भएको छ । मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि एमाले र माओवादी केन्द्रबीच मन्त्रालय संख्या बढाउने सहमति भएको हो ।
सहमति अनुसार अब ३ मन्त्रालय थपिने छ । यससँगै मन्त्रालयको संख्या २० पुग्ने भएको छ ।
स्रोतका अनुसार थपिएका मन्त्रालयहरुमा सिँचाई, युवा तथा खेलकुद र श्रम तथा रोजगार मन्त्रालय रहेका छन् । शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद फुटाइएको छ र अब शिक्षा र युवा तथा खेलकुद अलग अलग मन्त्रालय भएका भएका छन् यसैगरी श्रम, रोजगार तथा महिला, बालबालिका मन्त्रालयलाई पनि फुटाइएको छ । यसँगै अब श्रम तथा रोजगार र महिला तथा बालबालिका हुनेछ ।
मन्त्रालयको संख्या बढाएसँगै आज १४ जना मन्त्रीले सपथ लिने भएका छन् । जसमा एमालेका ७, माओवादी केन्द्रका ५ र संघीय समाजवादी फोरमका २ मन्त्रीले आज सपथ लिने भएका छन्न् ।
उच्चस्तरीय समितिले प्रधानमन्त्री कार्यालयसहित १५ वटा मात्र मन्त्रालय राख्न सुझाव दिएपनि भागबन्डा नमिलेपछि मन्त्रालयको संख्या थप्न लागिएको स्रोतको दावी छ । संविधानत संघीय मन्त्रिपरिषद्मा बढीमा २५ सदस्यीय हुने प्रावधान छ ।