काठमाडौं । सोमबार त्रिभुवन अन्ततरराष्ट्रिय विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटनाबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ ।
पूर्व पर्यटन तथा नागरिक उड्डयन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको हो ।
समितिले दुर्घटनाको सत्यतथ्य जाँच गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ ।