काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना हुँदा काठमाडौंको सवारी आवागमनमा प्रभाव परेको छ ।
दुर्घटनास्थलबाट एम्बुलेन्स,प्रहरीका गाडी तथा दमकल आवतजावत गर्दा मुख्य चोकमा सवारी आवागमन प्रभावित बनेको हो ।
नयाँ वानेश्वर, कोटेश्वर, तीनकुने, सिनामङ्गल, माइतिघरलगायत चोकको सवारी आवागमनमा प्रभाव परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।