Logo

भ्रष्टाचार मुद्दामा २ डाक्टरसहित ११ कर्मचारीलाई विशेष अदालतले दियो सफाई

भ्रष्टाचार मुद्दामा २ डाक्टरसहित ११ कर्मचारीलाई विशेष अदालतले दियो सफाई


बिजखबर संवाददाता
594
Shares

काठमाडौं । भ्रष्टाचार मुद्दामा २ डाक्टरसहित ११ जनाले सफाइ पाएका छन् । विशेष अदालतले स्वास्थ्य सेवा विभागको प्राथमिक स्वास्थ्य पुनर्जागरण महाशाखाका पूर्व निर्देशकसहित ११ कर्मचारीलाई अदालतले सफाइ दिने फैसला सुनाएको हो।

उनिहरु विरुद्ध फर्जी कार्यक्रम देखाएर भ्रष्टाचार गरेको अभियोग लागेका थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फर्जी बिल बनाएर ६९ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै उनीहरु विरुद्ध २०७१ साउन २८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

मुद्दा परेको ३ वर्षपछि न्यायाधीशद्वय बाबुराम रेग्मी र चण्डीराज ढकालको इजलाशले उनीहरुलाई सफाइ दिने फैसला सुनाएको हो।

अख्तियारले महाशाखाका पूर्वनिर्देशक डा बालकृष्ण सुवेदी, निर्देशक डा आनन्दकुमार श्रेष्ठ, वरिष्ठ जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठ, वरिष्ठ जनस्वास्थ्य अधिकृत रत्नलाल श्रेष्ठ, शाखा अधिकृतद्वय डोलराज शर्मा, रूपनारायण खतिवडा, लेखा अधिकृत यदुराज शर्मा नेपाल, फर्मासिस्ट भरतमणि मरहट्ठा, जनस्वास्थ्य निरीक्षक रामजी घिमिरे, वरिष्ठ अहेव रामशरण अधिकारी र खरिदार कविराज सुवेदीविरुद्ध मुद्दा दायर गरेको थियो।
कार्यक्रम नै नगरी होटल, विमान, सभाहल लगायत विभिन्न शीर्षकमा फर्जी बिल बनाएर भ्रष्टाचार गरेको आरोप लागेको हो ।

अख्तियारले ६९ लाख बिगो र सोही बराबर जरिवाना असुल हुनुपर्ने दाबी गरेपनि भ्रष्टाचार प्रमाण पेश गर्न नसकेको भन्दै उनीहरुलाई सफाइ दिने निर्णय सुनाएको हो।

प्रतिक्रिया दिनुहोस्