काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्लार नगर उपाध्यक्षमा किशोरकुमार प्रधान निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी निरक केसीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
उक्त पदको लागि शुक्रबार महासंघ भवनमा विहान ११ बजेदेखि २ बजेसम्म भएको थियो । जिल्ला नगरतर्फ कुल १ सय ४ मतदातामध्ये ९८ जनाले मतदान गरेका थिए । जसमा प्रधानले ६५ मत प्राप्त गरे केसीले ३३ मतमात्र प्राप्त गरे ।
प्रधानको पक्षमा महासंघका विशिष्ट सदस्य पूर्व अध्यक्ष चण्डीराज ढकाल, अध्यक्ष भवानी राणा, अन्य केही पूर्व अध्यक्षको समर्थन रहेको थियो भने केसीलाई जिताउन पूर्व अध्यक्ष सुरज बैद्य, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाललगायतका टीम लागेका थिए ।