Logo

लागु औषधको कारोबार गर्ने ३ जना पक्राउ, १९ लाख बराबरको लागु औषध बरामत

लागु औषधको कारोबार गर्ने ३ जना पक्राउ, १९ लाख बराबरको लागु औषध बरामत


बिजखबर संवाददाता
216
Shares

काठमाडौं । महानगरीय प्रहरी बृत्त जनसेवा काठमाडौँले लागु औषधको कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ ।

जनसेवाले मंगलबार विशेष सूचनाको आधारमा जैसिदेवलमा लागुऔषधको कारोबार गर्दै गरेको अबस्थामा नुवाकोटका सुनिल घिमिरेलाई पक्राउ गरेको हो । प्रहरीले घिमिरेको बयानका आधारमा बाराका विगु रायभर र भारत घर बताउने महम्मद रियाजुदिनलाई पनि पक्राउ गरेको छ ।
प्रहरीले करिब १९ लाख बराबरको लागु औषध बरामत गरेको जानकारी दिएको छ । अभियुक्तहरुबाट डाईजाल्याप २०३, नुफिन २०३ र फेनारागान २०३ थान बरामद गरेको छ । घिमिरेलाई पक्राउ गरे लगतै कामपा वडा नं. २० परोपकार पुल नजिकै रहेको रायभर र रियाजुदिनकोसाथ बाट एक्सट्रा केयर चेसिस ग्रेस लेखिएको १८ केजिको १ थान बाल्टी, टर्बो प्लस ग्रेस ५ केजीको २ बाल्टीन बरामद गरेको महानगरीय प्रहरी परिसर टेकुका ईन्चार्ज विश्वराज पोखरेलले पत्रकार सम्मेलन गरि बताएका छन ।

प्रहरीले छोपी राखेको अवस्थामा १८ केजीको बाल्टीनमा डाईजाल्याप, नुफिन र फेनारागान गरि १ हजार सेट र ५ केजीको २ बाल्टीनमा ५ सय सेट साथै दुई ओटा झोलामा लुकाई राखेको अवस्थामा सय ग्रामको ११ प्याकेट गाँजा चिपट, एचपि कम्पनीको ल्यापटप १ थान तथा गाँजा पेल्ने हाते मेसिन १ थान बरामद गरेको पोखरेलले बताए । साथै गिरोहको थप अनुसन्धान भई रहेको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL