काठमाडौं । लाप्राक नमुना वस्तीका घरहरु गोलाप्रथाबाट टुंग्याइएको छ । हालै एक कार्यक्रमबीच गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङको सहभागितामा गोलाप्रथागरी लाभग्राहीलाई घर निर्धारण गरिएको हो ।
एक वर्ष अघिको सम्झौता अनुसार निर्माण कार्यमा सहभागिता गराउन तथा निर्माणमा आफ्नोपन होस भनेर गोला प्रथा द्धारा घर छुटयाएको बताए ।
उनका अनुसार सम्पुर्ण निर्माण कार्य सकेपछी गैर आवासीय नेपाली दिवसको अवसरमा उक्त घरहरु आधिकारीक हस्तान्तरण गरिने छ ।
संघका उपाध्यक्ष सपीला राज भण्डारीले निर्माण कार्य तिब्र रुपमा भएको जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले निर्माण सम्पन्न गर्न लाप्राक बासी तथा आफनो तर्फ बाट भरपुर सहयोग रहने बताए ।साथै संघले गरेको योगदान प्रति आभार प्रकट गरेको छ ।
राष्ट्रपतिको उपस्थितिमा ०७३ सालमा सुरु भएको पुननिर्माणमा नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण, शहरी बिकास मन्त्रालय र गैर आवासीय नेपाली संघको त्रिपक्षिय सम्झौता पछी लाप्राकमा निर्माण कार्यको सुरुवात भएको थियो । यस निर्माण कार्य सम्पन्न गर्न नेपाली सेनाको एक टोली लाप्राकमा नै रहँदै आएको छ ।