Logo

आपूर्ती श्रृङखला व्यवस्थापन सम्वन्धि तालीम गरिदै, सिएनआई र आइईडीआइबीच सम्झौता

आपूर्ती श्रृङखला व्यवस्थापन सम्वन्धि तालीम गरिदै, सिएनआई र आइईडीआइबीच सम्झौता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१४ फागुन,काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान(आइईडीआइ) ले आपूर्ती श्रृङखला व्यवस्थापनमा अन्तरराष्ट्रिय स्तरको तालीम गर्ने भएको छ ।

बिहीवार एक कार्यक्रमबीच सिएनआई र आइईडीआइ बिच सम्झौता भएको थियो ।

सम्झौतापत्रमा सिएनआईका महानिर्देशक मेघनाथ न्यौपाने र आइडीईआईका कार्यकारी निर्देशक लक्ष्मण प्रसाद भट्टराईले हस्ताक्षर गरे । नेपालमा आपूर्ती श्रृङखला व्यवस्थापनका क्षेत्रमा आवश्यक दक्ष जनशक्ती उत्पादन गर्ने तथा सरकारी, गैर सरकारी र नीजि संघसंस्थामा काम गरिरहेका व्यक्तीहरुको क्षमता अभिवृद्धिका लागि अन्तरराष्ट्रिय व्यापार केन्दको पाठ्यक्रममा आधारित तालीम सञ्चालन गरिने बताइएको छ ।

सो अवसरमा परिसंघका महानिर्देशक न्यौपानेले देश भित्रै सम्भावना भएका क्षेत्रमा देखिएको जनशक्ति अभावको समस्यालाई सम्बोधन गर्न सरकारी तथा नीजि संस्थाको सहकार्य महत्वपूर्ण हुने बताए ।

त्यस्तै आइडीईआईका कार्यकारी निर्देशक भट्टराईले आइटीसीबाट सम्वन्धन प्राप्त डिप्लोमा स्तरको पाठ्क्रम भएको र आइटीसी बाटै परिक्षा लिएर सफल प्रशिक्ष्यार्थीलाई योग्यताको प्रमाणपत्र उपलब्ध गराइने जानकारी दिए । साथै तालीम लिएका व्यक्तिले स्वदेशी एवं विश्व बजारमा सहजै रोजगारी पाउने जानकारी दिए । ।

प्रतिक्रिया दिनुहोस्
MBL