काठमाडौं । सोमबार संघीय संसद्अन्तर्गत राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनको पहिलो बैठक बस्दै छ।
आइतबार सपथ लिएका सांसदहरु प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्न लागेका हुन् । अपराह्न ४ बजे सम्बन्धित सदनको हलमा बस्न लागेको छ ।
संघीय संसद्को पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने र त्यसवेला दुवै सदनको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था छ।