Logo

४५ लाख रुपैंयाँ धरौटीमा छुटे चुडामणि शर्मा

४५ लाख रुपैंयाँ धरौटीमा छुटे चुडामणि शर्मा


बिजखबर संवाददाता
135
Shares

काठमाडौं । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा ४५ लाख रुपैंयाँ धरौटी बुझाएर छुटेका छन् । उनीविरुद्ध विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले४ करोड २९ लाख रुपैंयाँ गैरकानूनी रुपमा आर्जन आरोपमा मुद्दा दायर गरेकोमा धरौटी बुझाएर सामान्य तारिखमा छुटेका हुन् ।

अदालतमा उपस्थित भएका शर्माको थुनछेक बहसपछि विशेष अदालतले धरौटी माग गरेको हो । न्यायाधिशहरु द्वारिकामान जोशी र चण्डीराज ढकालको इजलासको आदेश अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकबाट ४५ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएपछि शर्मा सामान्य तारेखमा छुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL