काठमाडौं । नेपालको सिनेमाका द्धन्द निर्देशक कलाकार राजेन्द्र खडगीलाइ जेल चलान गरिएको छ ।
कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्याएको आरोपमा उनलाई जेल चलान गरिएको केन्द्रिय अनुुसन्धान व्युरो (सिआइवी) ले जानकारी दिएको छ ।
सिआईवीका अनुसार जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनलाई अहिले केन्द्रीय कारागार, सुन्धारामा राखिएको सिआइवीले छ ।
यसअघि सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए । तर, फर्किने बेलामा भने दुईजना मात्र नेपाल आएका छन् ।
त्यसबारे दक्षिण कोरियास्थित नेपाली दूतावासले सीआईबीलाई जानकारी गराएपछि अनुसन्धान थालेको थियो ।