Logo

प्रतिनिधिसभा सदस्यहरुले लिए सपथ

प्रतिनिधिसभा सदस्यहरुले लिए सपथ


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । तिनिधिसभा सदस्यहरुले सपथ लिएका छन् । संसद भवनमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा जेष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई सपथ खुवाएका थिए ।

ठाकुरले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष सपथ लिएपछि उनले अन्य संसदहरुलाई सपथ खुवाएका हुन् । सपथ ग्रहणसँगै सांसदहरुलाई लागो समेत वितरण गरिएको छ ।

। यस लगत्तै संसदहरु सचिवालयद्वारा आयोजित जलपान कार्यक्रममा सहभागी भएका थिए । शपथ लिन सांसदहरु राष्ट्रिय तथा आफ्ना पहिचान झल्कने पोशाकमा उपस्थित भएका थिए ।

नेपालको संविधानको धारा ८४ मा प्रतिनिधिसभा गठनबारे व्यवस्था छ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १ सय ६५ र समानुपातिकतर्फ १ सय १० गरी कुल २ सय ७५ सदस्य छन् ।

प्रतिनिधिसभाका ३८ सदस्यले आफ्नो मातृभाषा (भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दी) मा शपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्