Logo

प्रतिनिधि र राष्ट्रियसभाका सांसदको शपथ आज, सिलवाल र चौधरीले पनि लिन पाउने

प्रतिनिधि र राष्ट्रियसभाका सांसदको शपथ आज, सिलवाल र चौधरीले पनि लिन पाउने


बिजखबर संवाददाता
162
Shares

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले आइतबार शपथ ग्रहण गर्दैछन्। आज बेलुका ४ बजे प्रतिनिधिसभाको हलमा प्रतिनिधिसभाका सांसदले ज्येष्ठ सदस्य महेन्द्रराय यादवबाट र ५ बजे राष्ट्रियसभाका ५६ सांसदले ज्येष्ठ सदस्य तारादेवी भट्टबाट शपथ लिने कार्यक्रम तय भएको छ।

आइतबार १ बजे राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महेन्द्रराय यादव र राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ।

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाको अध्यक्षको निर्वाचन नभएसम्म उनीहरूले नै बैठकको अध्यक्षता गर्ने गरी व्यवस्था मिलाइएको छ ।

राष्ट्रियसभामा मनोनीत सदस्य तथा अर्थमन्त्री डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेललाई तत्कालका लागि शपथ रोक्न सर्वोच्च अदालतले आदेश दिएको थियो । उनीहरुको शपथ नहुने भएको छ ।
त्यस्तै फौज्दारी मुद्दा लागेका प्रतिनिधिसभा सदस्य रेशम चौधरी र किर्ते प्रकरणमा छानबिन खेपिरहेका नवराज सिलवालले पनि शपथ लिन सक्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ । कुनै निकायबाट लिखित केही जानकारी नआएकाले उनीहरूले शपथ लिन सक्ने भएका हुन् ।

प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सदस्य छन्। संसदको बैठक सोमबारदेखि सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्