काठमाडौं । नेकपा माओवादीले सरकारमा सहभागी हुने बाँकी पाँच मन्त्रालयका लागि आफ्ना मन्त्रीको नाम टुंग्याएको छ । माओवादीको भागमा परेका सातमध्ये पाँच मन्त्रालयमा मन्त्रीहरुको नाम माओवादी केन्द्रले टुंग्याएको हो ।
बाँकी मन्त्रालयमा वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र विना मगरलाई लैजाने निश्चित गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।माओवादीले कसलाई कुन मन्त्रालय भन्ने टुंगो पनि लगाएको छैन ।
यता फोरम पनि सरकारमा सहभागी भएमा भने मन्त्रालय थप्नुपर्ने वा एमाले र माओवादीले पाएको भागबाट एक–एकवटा कटौती गरेर दिनुपर्ने हुन्छ ।