Logo

अर्थमन्त्री खतिवडालाई बाबुराम भट्टराईको टिप्स, पैसाले सत्ता किन्नेलाई रोक्नुस

अर्थमन्त्री खतिवडालाई बाबुराम भट्टराईको टिप्स, पैसाले सत्ता किन्नेलाई रोक्नुस


बिजखबर संवाददाता
9.3k
Shares

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडालाई पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री डा.बाबुराम भट्टराइले अर्थतन्त्र सम्हाल्ने टिप्स दिएका छन् । उनले ट्वीटरमार्फत यस्तो सुझाव दिएका हुन् ।

नयाँ शक्तिका संयोजक रहेका पूर्व प्रधानमन्त्री तथा अर्थममन्त्री डा.भट्टराई नयाँ अर्थमन्त्रीले राष्ट्रियधन्दा बनेको पैसा खेलाएर पैसा कमाउने तथा जग्गा किनेर जग्गा बेच्ने खेल रोक्नुपर्ने बताएका छन् । साथै पैसाले सत्ता किन्ने सत्ताले पैसा कमाउने प्रवृत्तिलाई कडासँग रोक्दै उत्पादन बढाउ नाफा कमाउ, कर बुझाउ भ्रष्ट र कमिसनखोर बस सदरखोर नारा अवलम्बन गर्न सुझाव दिएका हुन् ।

उनले दुई अंकको बृद्धिदर, दुई दशक निरन्तर नारा लागु गर्न समेत सुझाएका थिए हुन् । आफु अर्थमन्त्री हुँदा सेयर बजारलाई जुवा घरको उपमा दिएका भट्टराईले पैसा खेलाएर पैसा कमाउने धन्दा रोक्नुपर्ने भन्दै सेयर बजारलाई कडाई गर्र्न इगिंत गरेका छन् । भट्टराई आफु अर्थमन्त्री हुँदा पनि कर प्रशासनका सुधारका कार्यक्रम ल्याउँदै कर उठौतीमा उल्लेख्य सुधार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL