काठमाडौं । जिल्ला अदालत कैलालीले रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
न्यायाधीश पर्शराम भट्टराईको इजलासले चौधरीलाई जिल्ला कारागार धनगढी पठाउन आदेश दिएको हो । टीकापुर घटनाका अभियुक्त तथा कैलाली क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्य चौधरीले सोमबार अदालतसामू आत्मसमर्पण गरेका थिए ।
टीकापुरमा २०७२ भदौ २७ मा थरुहट आन्दोलनका क्रममा भएको घटनामा अभियुक्त चौधरीलाई दोषी देखाइएको थियो । घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो। त्यस घटना यता उनी फरार थिए ।