Logo

थपिए ४ मन्त्री, अर्थमा डा. खतिवडा र गृहमा थापा

थपिए ४ मन्त्री, अर्थमा डा. खतिवडा र गृहमा थापा


बिजखबर संवाददाता
17.1k
Shares

काठमाडौं । सरकारले आज मन्त्रिपरिषद् विस्तार गरेको छ । सरकारले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेपनि सहमती जुट्न नसकेपछि ४ जना मात्र नियुक्त गरेको हो ।

सरकारले नेकपा एमालेको तर्फबाट २ र माओवादी केन्द्रकोतर्फबाट २ जना मन्त्री नियुक्त गरेको छ । सरकारले अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई नियुक्त गरेको छ भने अर्थमन्त्रीको दावी गर्दै आएका ईश्वर पोखरलेलाई रक्षा मन्त्रालयको जिम्मा दिइएको छ ।

यसैगरी गृहमन्त्रीमा रामबहादुर थापालाई नियुक्त गरिएको छ भने उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीमा मातृका यादवलाई नियुक्त गरिएको छ । गृहमन्त्री थापाले सरकारमा माओवादी केन्द्रको तर्फतबा नेतृत्व गर्नेछन् ।

नवनियुक्त मन्त्रीहरुले सोमबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । यससँगै मन्त्रिपरिषद्को संख्या प्रधानमन्त्री सहित ७ पुगेको छ । यसअघि एमालेको तर्फबाट लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL