Logo

फरार भनिएका रेशम चौधरीले गरे आत्मसमर्पण

फरार भनिएका रेशम चौधरीले गरे आत्मसमर्पण


बिजखबर संवाददाता
3.9k
Shares

काठमाडौं । कैलाली क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रेशम चौधरीले आत्मसमर्पण  गरेका छन् ।

फरार भनिएका प्रतिनिधि सभामा निर्वाचित सदस्य रेशम चौधरीले जिल्ला अदालत धनगढीमा आत्मसमर्पण गरेका हुन् ।

टीकापुरमा २०७२ भदौ २७ मा थरुहट आन्दोलनका क्रममा भएको घटनामा अभियुक्त चौधरीलाई दोषी देखाइएको थियो ।

घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो। त्यस घटना यता उनी फरार थिए ।

प्रतिक्रिया दिनुहोस्