काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय सभामा मनोनित ३ सदस्यहरुको शपथ रोक्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चले केही दिन अघिमात्र नियुक्त भएका डा युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेलको सपथ रोक्न भनेको हो ।
आइतबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सो आदेश दिएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको सपथ २० गते हुँदैछ ।
यसअघि देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई मनोनित गर्न सिफारिस गरेको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई स्वीकृति गरेकी थिइनन् ।
केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनसँगै देउवा सरकारको सिफारिस रद्द गर्दै पठाएको तीन जनाको नाम राष्ट्रपतिले तत्काल स्वीकृत गरेकी हुन् ।