काठमाडौं । होलीमा इच्छा विपरित वा जवरजस्ती लोला हन्ने कारबाहीमा पर्ने भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले होलीमा इच्छा विपरीत लोला हाने वा रंग लगाउनेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी इच्छा विपरीत लोला नहाल्न र रंग नदल्न आग्रह गरेको छ ।
होलीका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको एसएसपी विश्वराज पोखरेलले बताए ।
प्रहरीका अनुसार होलीमा सुरक्षाका लागि १०६ ठाउँमा प्रहरी टोली परिचालन गरिएको छ । साथै २० वटा मोवाइल टोली समेत खटाइएको छ ।