काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आफ्ना सेयरधनीलाई १ सय २० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसकेको संचालक समितिले उक्त बोनस वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले आफ्नो चुक्ता पूँजी २६ करोड ६६ लाखलाई आधार मानेर उक्त चुक्ता पूँजी वितरणको घोषणा गरेको हो । यसैगरी कम्पनीले बोनस सेयरको लागि कर प्रयोजन वापत ५ दशमलव २६ प्रतिशत नगद लाभांश समेत दिने भएको छ ।
उक्त बोनस सम्बन्धित निकायबाट स्वीकृति भएर आएसँगै आगामी दिनमा बस्ने कम्पनीको साधारणसभाबाट पारित गराएर वितरण गर्ने भएको छ ।