Logo

अष्ट्रेलियाबाट फर्केर खानेपानी बेच्दै तामाङ दाजुभाई

अष्ट्रेलियाबाट फर्केर खानेपानी बेच्दै तामाङ दाजुभाई


बिजखबर संवाददाता
1.5k
Shares

काठमाडौं । बिदेश गएर ५० डिग्रीको घाममा सेकेर पसिना चुहाउनुको सट्टा नेपालमा केही गरौ भन्ने भावना आएपछी रोशन विक्रम तामाङ अष्ट्रलियाबाट फर्किए र स्थापना गरे खानेपानी उद्योग ।

आफू अष्ट्रेलियामा रहँदा पनि तामाङसाई प्रालि खोेलेर ठेक्का पट्टा गरेको बताउने तामाङ अर्काको देशमा भन्दा बरु आफ्नै देशमा केही गरौ भनेर नेपाल आएको बताउँछन् ।

यसरी स्थापना गरिएको कोशी मिनिरल कम्पनीले अक्वा गौरीशंकर र च्छोरोल्पा ब्राण्डका पानी हालै बजारमा उपलब्ध गराएको उनले जानकारी दिए । करिब ७० लाखको लगानीमा संचालनमा ल्याएको उद्योगले अक्वा गौरीशंकर र च्छोरोल्पा स्टिकर सहितको पानी बजारमा ल्याएको मार्केटिङ निर्देशक रामकृष्ण लो तामाङले बताए ।

काठमाडौंवासीको घरदैलोसम्म सेवा दिने अबसर पाउने बिश्वास कम्पनीको रहेको छ । स्वास्थ्यका द्धिष्टिकोणले स्वस्थ पानी पिउने आम जनताको चाहानालार्ई पुरा गर्ने तामाङले जानकारी दिए ।

दोलखा निबासी दाजुभाईद्धय रामकृष्ण लो र रोशन बिक्रम लो तामाङले काठमाडौँबाट शुद्ध पिउने पानी बजारमा ल्याएको छ ।

पानी अहिले जारमा मात्र उपलब्ध हुने तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL