Logo

आगलागीमा ९० लाखको क्षति

आगलागीमा ९० लाखको क्षति


बिजखबर संवाददाता
81
Shares

चौतारा । सिन्धुपाल्चोकको चौतारास्थित वल्र्ड भिजन इन्टरनेशनलको दुई कार्यालय भवनमा गए राति आगलागी हुँदा करीव रु ९० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ ।

भूकम्पपछि क्रियाशील संस्थाका दुई प्रिफ्याब भवनमा लागेको आगो त्यहाँस्थित गोरखबहादुर गण, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा चौतारा नगरपालिकाको दमकलद्वारा राति नै नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

आगलागीबाट विद्युतीय सामग्री, फर्निचर कम्प्युटरलगायत नष्ट भएको छ । त्यहाँ कार्यरत चौकीदारले विद्युत् प्रवाह भएर आगलागी भएको बताए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL