Logo

प्राधिकरणले काट्यो ४८७ जनाको लाइन

प्राधिकरणले काट्यो ४८७ जनाको लाइन


बिजखबर संवाददाता
108
Shares

राजविराज । नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र, राजविराजले ४ सय ८७ जना ग्राहकको बिजुली कटौटी गरेको छ । प्राधिकरणले लामो समयदेखि बाँकी बक्यौता नबुझाउने ग्राहकको बिजुली कटौती गरेको हो ।

प्राधिकरणका प्रमुख चन्द्रनारायण साहका अनुसार लामो समयदेखि बिद्युत महसुल नतिरेका जिल्लाभरिका करिब साउनदेखि हालसम्म ४८७ जनाको लाइन काटिएको जानकारी दिए ।

त्यस्तै, साउनदेखि हालसम्म जिल्लाका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा विद्युत चोरी नियन्त्रण अभियानअन्तर्गत उपकरणसहित ४ सय ४२ जनामाथि कार्वाहीसमेत गरेको उनले जानकारी दिए । तीमध्ये २ सय ६३ जनालाई र १ सय ६९ वटा उपकरणमाथि कार्वाही गरेको थियो ।

साथै, विद्युत् चोरी नियन्त्रण गर्ने अभियानका क्रममा पानी तान्ने मोटर, टेलिभिजन, पंखा, फ्रिज, हिटर लगायतका उपकरणसमेत बरामद गरेको बिद्युत् प्राधिकरणले जानकारी दिएको छ । यस्तै, विद्युत हुकिङ नियन्त्रणका क्रममा पक्राउ परेका व्यक्तिबाट १३ लाख २५ हजार ५ सय राजस्वसमेत असुली गरिएको छ ।

बाँकी बक्यौता रहेका ग्राहकबाट ८२ लाख ६५ हजार राजस्व असुली गरिएको सफल भएको प्रमुख साहले जनाकारी दिए । यसैबीच, सप्तरी जिल्लामा विद्युत हुकिङ बढेको जनगुनासो पाएपछि अहिले पनि जिल्लाको विभिन्न ठाउँमा विद्युतचोरी नियन्त्रण जारी राखेको प्राविधिक प्रमुख साहले बताए/ रासस

प्रतिक्रिया दिनुहोस्