Logo

प्रधानमन्त्री ओलीलाई भारतीय प्रम मोदीको बधाई र भ्रमणको निम्तो, नेपालको विकासमा सघाउने बाचा

प्रधानमन्त्री ओलीलाई भारतीय प्रम मोदीको बधाई र भ्रमणको निम्तो, नेपालको विकासमा सघाउने बाचा


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् । मोदीले बिहीबार राति साढे १० बजे टेलिफोनमार्फत प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तो समेत दिएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

उनका अनुसार भारतीय प्रधानमन्त्री मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका थिए । प्रधानमन्त्री ओलीलाई समकक्षी मोदीले नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको अधिकारीले जानकारी दिए ।

टेलिफोन कुराकानीमा मोदीलाई प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको बताएका थिए । भारतसँगको मित्रता अझै सुदृढ बनाएर लैजान आफू प्रयासरत रहने ओलीले बताएको अधिकारीले जानकारी दिए रासस

प्रतिक्रिया दिनुहोस्
MBL