Logo

प्रधानमन्त्री ओलीको शपथसँगै लालबाबु र थममाया पनि भए मन्त्री

प्रधानमन्त्री ओलीको शपथसँगै लालबाबु र थममाया पनि भए मन्त्री


बिजखबर संवाददाता
216
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहकसँगै सानो आकारको मन्त्रीमण्डल विस्तार गरेका छन् ।

ओलीले एमाले सांसद द्वय लालबाबु पण्डित र थपमाया थापालाई मन्त्रीको शपथ खुवाएका छन् । ओलीले पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्री र अकौ अर्का सासंद थापालाई महिला वालबालिका तथा समाज कल्याण मन्त्रीमा नियुक्त गरेका हुन् ।

आज विस्तार हुने सानो आकारको मन्त्रीमण्डलमा एमाले महासचिव इश्वर पोखरेललगायतको नाम चर्चामा रहेका पनि ओलीले भने अन्य व्यक्तिलाई मन्त्रीमा नियुक्त गरेका छन् । मधेशी कोटाबाट पण्डित र महिलाला कोटामा थापालाई नियुक्त गरिएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL