Logo

युएमको इ—क्रुजर रेनेगेड थोर भारतमा सार्वजनिक, यस्ता छन् विशेषता

युएमको इ—क्रुजर रेनेगेड थोर भारतमा सार्वजनिक, यस्ता छन् विशेषता


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । अमेरिकी बाइक युएमले भारतमा इलेक्ट्रिक क्रुजर मोटरसाइकल रेनेगेड थोरसार्बजनिक गरेको छ । कम्पनीले भारतकै पहिलो इलेक्ट्रिक क्रुजर मोटरसाइकल रेनेगेड थोरलाई अटो एक्स्पो २०१८ मा अनावरण गरेको हो ।

रेनेगेड थोर विश्वकै पहिलो गेअर भएको इलेक्ट्रिक क्रुजर बाइक हो । रेनेगेड थोर बाइकले ३० किलो वाट पावरका साथै ७० न्यु टन मिटर टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ ।

यो बाइकमा ५ स्पिड ट्रान्समिसन भएको गेअरबक्स र हाइड्रलिक क्लच तथा कन्ट्रोलर भएको लिक्विड कुल्ड मोटरलगायत विशेषता छन् ।

साथै चालकलाई सुविधा हुने गरि रिभर्स गेअर पनि रहेको छ । यस मोडलको अनावरण बाट युएमले कम्पनीको प्राविधिक प्रगति र दक्षता देखाएको बताएको छ । त्यस्तै विश्व बजारमा इलेक्ट्रिक मोटर साइकल को माग रहेको सत्य उजागर गर्नुका साथै युएमले इलेक्ट्रिक सेग्मेंटमा अग्रगामी ब्रान्डका रुपमा लाभ उठाउने मौका पाएको कम्पनीको दाबी छ ।

दिल्ली अटो शोमा युएमले थोरका साथै दुइ ओटा अन्य मोडलहरु पनि अनावरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्