Logo

महासंघ उपाध्यक्ष ढकाल भन्छन्, लगानी भित्र्याउन प्रदेश प्रदेशबीच प्रतिस्पर्धा हुनुपर्छ

महासंघ उपाध्यक्ष ढकाल भन्छन्, लगानी भित्र्याउन प्रदेश प्रदेशबीच प्रतिस्पर्धा हुनुपर्छ


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अबका दिनमा लगानी भित्र्याउन प्रदेश प्रदेशबीच प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । मुलुक संघीय संरचनामा प्रवेश गरिसकेको हुँदा सोही अनुरुप प्रदेशले लगानीमैत्री वातावरण बनाउनु पर्ने बताए ।

सबै प्रदेशको समानुपातीक आर्थिक विकास आवश्यक रहेको बताउँदै स्वदेशी तथा विदेशी लगानी भित्रुयाउन प्रदेश प्रदेशको बीचमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उनको भनाइ थियो । ‘उद्योग ,व्यापार, कृषि एवम पर्यटनको विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मुल नाराका साथ दाङ उद्योग वाणिज्य संघको आयोजनामा आज घोराहीमा आयोजित चौथो दाङ्ग व्यापारिक तथा पर्यटन महोत्सवलाई विशेष अतिथीको रुपमा सम्बोधन गर्दै ढकालले उक्त कुरा बताएका हुन् ।

उपाध्यक्ष ढकालले छिमेकी मित्रराष्ट्र भारतको प्रदेश सरकारले लगानी भित्र्याउन विभिन्न विदेशी लगानी र निजी क्षेत्रलाई सुविधा दिने गरेको स्मरण गर्दै त्यस्तै सबै प्रदेशहरुमा समुचित लगानी भित्राउन त्यस्तै प्रतिस्पर्धा नेपालमा पनि हुनु पर्ने बताए ।

एशियाकै दोस्रो ठूलो उपत्यका दाङमा कृषि पर्यटन र खानी उद्योगको क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै यी सम्भावनाहरुलाई दिगो आर्थिक विकासको माध्यम बनाउनु पर्ने उनको सुझाव थियो ।

प्रतिक्रिया दिनुहोस्