काठमाठौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ११ बजे राजिनामा दिने भएका छन् । हाल मन्त्रीपरिषद्को बैंठक जारी रहेको र केही बेरमै राजिनामा दिने तयारी गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
११ बजे राजिनामा दिने गरी तयारी गरेको प्रधानमन्त्रीका प्रेश संयोजक गोविन्द परियारले जानकारी दिए । उनको राजिनामासँगै नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने छ ।
यसैगरी गरी नयाँ सरकारको गठनका लागि प्रधानमन्त्री पदका लागि दाबी पत्र बोकेर केपी शर्मा ओली राष्ट्रपति भवन सितल निवास पुगेका छन् । बामगठबन्धन (एमाले र माओवादी)को समर्थनमा बहुमतको पत्र बोकेर ओली राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष उक्त दाबी पत्र बुझाउन गएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिएसँगै सम्भवत ओली आजै प्रधानमन्त्री हुने सम्बद्ध स्रोतले जानकारी दिएको छ ।