Logo

अख्तियारको कार्यवाहक प्रमुख आयुक्तमा घिमिरे, बुधबारदेखि सम्हाले कार्यभार

अख्तियारको कार्यवाहक प्रमुख आयुक्तमा घिमिरे, बुधबारदेखि सम्हाले कार्यभार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी आयुक्त नवीनकुमार घिमिरेले सम्हालेका छन् । घिमिरेले बुधबारदेखि सो जिम्मेवारी सम्हालेका हुन् ।

उनी विसं २०७१ साल चैत १९ गते आयोगको आयुक्तमा नियुक्त भएका थिए । घिमिरेले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ को दफा २० बमोजिम कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेको आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयले आज जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।

विसं २०७४ जेठ ८ गतेदेखि प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका दीप बस्न्यात उमेरहदका कारण फागुन १ गतेबाट अवकाश पाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL