Logo

बिवाह भोजको पैसा सामाजिक काममा, पन्तले दिए २ संस्थालाई ४० लाख

बिवाह भोजको पैसा सामाजिक काममा, पन्तले दिए २ संस्थालाई ४० लाख


बिजखबर संवाददाता
162
Shares

काठमाडौं । बरिष्ठ अधिवक्ता सुशील कुमार पन्तले दुई सामाजिक सँस्थालाई आर्थिक सहयोग प्रदान गरेका छन । उनले आफ्ना छोराको विवाहका अवसरमा नेपाल क्यान्सर केयर फाउन्डेशन तथा पून्यार्जन फाउन्डेशनलाई २०÷२० लाख रुपैयाँको चेक प्रदान गरेका हुन ।

विवाह आदि कार्यमा तथा भोज–भतेर जस्ता काममा फजूल खर्च गर्नुको सट्टा समाज कल्याणका कार्यमा सहयोग गर्नु उचित हुने ठानेर सो सहयोग प्रदान गरेकोे पन्तले बताए ।

उक्त कार्यक्रममा नेपाल क्यान्सर केयर फाउन्डेशनका कोषाध्यक्ष राजेन्द्र अर्याल तथा पून्यार्जन फाउन्डेशनका अध्यक्ष डा. सुशील कोईरालाले सहयोग रकमको चेक प्राप्त गरेका हुुन ।

विस २०११ मा स्थापित भई २०१४ बाट पूर्ण क्रियाशील भएको नेपाल क्यान्सर केयर फाउन्डेशनले क्यान्सर रोग सम्वन्धी सचेतना फैलाउनुका साथै स्रोतविहीन क्यान्सर रोगीहरुको उपचारमा सहयोग पुर्याउँदै आएको छ ।

त्यसैगरी २०७२ साल जेठ १ गते स्थापित पून्यार्जन फाउन्डेशनले भूकम्प प्रभावितहरुलाई आर्थिक सहयोग उपलव्ध गराउनुका साथै बालबालिका तथा बृद्धबृद्धाहरुका लागि स्वास्थ्य शिविर संचालन गर्ने जस्ता कार्यमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL