Logo

तीन नम्बर प्रदेशको मुख्य मन्त्री डोरमणि बन्ने निश्चित !

तीन नम्बर प्रदेशको मुख्य मन्त्री डोरमणि बन्ने निश्चित !


बिजखबर संवाददाता
648
Shares

काठमाडौं । नेकपा (एमाले) प्रदेश नम्बर ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी भएका छन् । पौडेल एमालेको सो प्रदेशको संसदीय दलको नेतामा निर्वाचित भएसँगै उनी मुख्य मन्त्री बन्ने निश्चित जस्तै भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न निर्वाचनमा पौडेलले ३४ र प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत प्राप्त गरे । वाम गठबन्धनको सहमतिअनुसार पौडेल सो प्रदेशमा मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ । यस प्रदेशमा एमालेका ५८ सदस्य छन् ।
हेटौंडा नगरपालिकाका पूर्व प्रमुख पौडेल मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL