Logo

राष्ट्रिय सभा चुनावको मौनअवधि शुरु, प्रचारप्रसार गर्न रोक

राष्ट्रिय सभा चुनावको मौनअवधि शुरु, प्रचारप्रसार गर्न रोक


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । बुधबार हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । आइतबार राति १२ बजेबाट मौन अवधि सुरू भएको हो ।

मौन अवधिमा निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, नागरिक समाज र आम मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाउने जानकारी दिएको ।
मौन अवधि सुरू भएपछि उम्मेदवारले मतदान केन्द्रको ३ सय मिटर वरपर रहेका प्रचार सामग्री हटाउनु पर्नेछ । त्यस्तै एसएमएस, फेसबुक, भाइबरजस्ता कुनै पनि माध्यममार्फत मत माग्न पाइदैन ।

त्यसैगरी आयोगले सञ्चार माध्यमलाई समेत समाचार सम्प्रेषणमा सचेत हुन समेत अनुरोध गरेको छ । सञ्चार माध्यमले सो अवधिमा निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सञ्चार माध्यमले समाचार प्रकाशन प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्न पाउँदैन ।

३२ सिटका लागि बुधबार निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार ३२ सिटमा ५२ जनाले प्रतिष्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्