Logo

चुडामणी शर्मा विरुद्ध विशेष अदातलमा अर्को मुद्दा दायर, ४ करोड २९लाखको विगो दाबी

चुडामणी शर्मा विरुद्ध विशेष अदातलमा अर्को मुद्दा दायर, ४ करोड २९लाखको विगो दाबी


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । अन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मा विरुद्ध विशेष अदातलमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

उनी बिरुद्द गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप छ ।

अख्तियारले शर्माउपर ४ करोड २९ लाख ५४ हजार १ सय २४ रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको छ । कर फर्छ्योट आयोगमार्फत अर्बौंको कर मिनाहा दिएको अभियोगमा दायर मुद्दा विचाराधीन छ ।

अख्तियारले शर्माको ४ करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाँको स्रोत नखुलेको दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारी सेवा सुरु गरेपछि २०७३ मंसिर मसान्तसम्म शर्माको ३ करोड ६३ लाख ७२ हजार ९६१ रुपैयाँ मात्र वैध आर्जन देखिएको अख्तियारको दाबी छ । तर शर्माले ७ करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ खर्च गरेको पाइएको छ ।

यस्तै अख्तियारले शर्माले आर्जन गरेको केही रकम श्रीमती कल्पना उप्रेती शर्माको नाममा पनि राखेको देखिएको भन्दै ती सम्पत्तिहरू जफत गर्ने प्रयोजनको लागि कल्पना उप्रेती शर्मालाई पनि प्रतिवादी बनाएर आरोपपत्र दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL