काठमाडौं । अब काठमाडौं महानगरपालिका भित्र खुल्ला स्थनमा आगो बाल्न नपाइने भएको छ ।
उपत्यकामा धुवाँ तथा धुलो बढेको भन्दै महानगरपालिकाले खुल्ला स्थानमा आगो बाल्न प्रतिवन्ध लगाएको हो ।
काठमाडौं महानगरपालिकाले शनिबार एक सूचना जारी गर्दै वायु प्रदुषणले उपत्यकाबासीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुँदा आगो नबाल्न आग्रह गरेको छ ।
‘खुल्ला क्षेत्रमा आगो बाल्दा फोहोरमैला तथा प्लाष्टिकजन्य फोहोर समेत जलाइने हुँदा त्यसबाट निस्कने धुवाँले जन स्वास्थ्यमा प्रतिकुल असर गर्ने हुनाले सो कार्य तत्काल बन्द गर्न आग्रह गर्छौ’ सूचनामा उल्लेख छ ।
अन्यथा महानगरपालिकाको अनुगमन टोलिले खुल्ला स्थनमा आगो बालेको पाइएमा फोहोरमैला व्यवस्थापन ऐन २०३८ तथा नियमावली २०७० अनुसार १ लाखसम्म वा ३ महिना जेल सजाय वा दुवैको सजाय हुने जानकारी दिएको छ ।