Logo

निगम व्यवस्थापन ‘लुफ्थान्सा’ लाई दिने मन्त्रीको ठाडो आदेश नमान्दा सचिव न्यौपानेको सरुवा, मान्लान त देवकोटाले !

निगम व्यवस्थापन ‘लुफ्थान्सा’ लाई दिने मन्त्रीको ठाडो आदेश नमान्दा सचिव न्यौपानेको सरुवा, मान्लान त देवकोटाले !


बिजखबर संवाददाता
810
Shares

काठमाडौं । नेपाल बायुसेवा निगम व्यवस्थापनको जिम्मेवारी जर्मनी कम्पनी लुफ्थान्सा कन्सल्टिङलाई दिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री जितेन्द्र नारायण देवको ठाडो आदेश नमान्दा मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई सरुवा गरिएको छ ।

मन्त्रालय स्रोतका अनुसार पर्यटन मन्त्री देवले निगम कुनै पनि प्रक्रिया विना निगम व्यवस्थापन लुफ्थान्सालाई दिनका लागि टिप्पणी उठाउन सचिवलाई दबाब दिँदै आएका थिए । तर, पर्यटन सचिव न्यौपानेले त्यसलाई इन्कार गरेपछि उनलाई सरुवा नै गरिएको हो ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले न्यौपानेलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ । यसैगरी न्यौपानेको स्थानमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव कृष्ण देवकोटालाई ल्याएको छ । निगम व्यवस्थापन लुफ्थान्सालाई दिन प्रधानमन्त्री शेरबहादूर देउवाले नै दबाब दिँदै आएको समाचार स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार पर्यटन मन्त्रीले सचिव न्यौपानेलाई निगम व्यवस्थापन जर्मनी कम्पनी लुफ्थान्सालाई दिन मन्त्रीपरिषद्मा ठाडो प्रस्ताव पठाउनेदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक परिवर्तनका लागि समेत टिप्पणी उठाउन दबाब दिँदै आएका थिए । तर, सविच न्यौपानेले बिना कुनै प्रक्रिया ठाडो आदेशमा टिप्पणी उठाउने अडान लिएपछि उनलाई नै सरुवा गरिएको छ ।

पर्यटन मन्त्रीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमलाई हटाएर मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई लैजान दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL