Logo

स्थानीय तह सञ्चालनका लागि बन्यो ३० नमूना कानून

स्थानीय तह सञ्चालनका लागि बन्यो ३० नमूना कानून


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ३० ओटा नमूना कानून तयार पारेको छ । मन्त्रालयले देशभरिका ७५३ स्थानीय तह सञ्चालनका लागि नमूना कानून तयार पारेको मन्त्रालयका संघीय मामिला महाशाखाका उपसचिव छवि रिजालले जानकारी दिए ।

तत्काल स्थानीय तह सञ्चालनका लागि नमूना कानून बनाइएको उनले बताए ।

संविधानको अनुसूची–८ बमोजिम स्थानीय तहका २२ वटा कामका आधारमा स्थानीय तहको कार्य सञ्चालनमा सघाउ पुग्ने उद्देश्यले ‘स्थानीय तहको विनियोजन ऐन’, ‘स्थानीय तहको आर्थिक ऐन’, ‘महानगर/उपमहानगर/नगर/गाउँपालिका कार्यपालिका कार्यविभाजन नियमावली’, ‘गाउँ/नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेका कानून बनाइएका छन् ।

त्यस्तै ‘स्थानीय तहको सरकारी ऐन, आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरणसम्बन्धी कानून’, ‘स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन’ जस्ता नमूना कानून बनाइएका हुन् ।

‘हामीले नमूना कानून बनाएर दिएको र स्थानीय तहले तिनै कानूनका आधारमा आफ्नो कार्यसञ्चालन गरेका छन्’ उनले भने ‘उनीहरुले अन्य विज्ञ राखेर नयाँ कानून बनाउन आवश्यक छैन ।’

उपसचिव रिजालले आवश्यकताअनुसार कानून मन्त्रालयको अन्य कानूनको पनि मस्यौदा बनाइरहेको जानकारी दिए ।

मन्त्रालयका सहायक प्रवक्ता जानुका सुवेदीले प्रदेश सरकार बनेपछि अन्य कानून पनि बनाइने बताइन् । केही काम प्रदेश सरकारसँग स्थानीय तहले गर्नुपर्ने भएकाले प्रदेश सरकार बनेपछि थप कानून बनाउन आवश्यक हुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL