Logo

प्रेस काउन्सिलसंग सम्बन्धित उजुरी अब अनलाइनबाटै !

प्रेस काउन्सिलसंग सम्बन्धित उजुरी अब अनलाइनबाटै !


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अव विश्वका जुनसुकै स्थानबाट प्रेस काउन्सिल नेपालको वेबसाइटमार्फत अनलाइन उजुरी गर्न सकिनेछ । काउन्सिलसंग सम्बन्धित उजुरी अनलाइनबाटै दिन सकिने प्रणालीको सोमबार प्रधान न्यायाधीश गोपाल पराजुलीले उद्घाटन गरेका हुन् ।

उजुरीकर्ताले प्रेस काउन्सिल नेपालको वेबसाइट भित्रको ‘अनलाइन कम्प्लेन’ मा आवश्यक कागजात तथा विवरण भरेर पत्रकारितासंग सम्बन्धित उजुरी दर्ता गर्न सक्नेछन् ।

समारोहमा प्रधान न्यायाधीश पराजुलीले काउन्सिलले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । साथै पेशागत आचरण कायम गर्न, नियमन–अनुगमन गर्न र स्वस्थ, सभ्य, मर्यादित तथा व्यवस्थित पत्रकारिताको विकासका लागि सवै पक्ष लाग्नुपर्ने धारणा व्यक्त गरे ।

यसका साथै उनले संकटकालको बेला नेपालको न्यायालय र प्रेस एक अर्काका रक्षक भएर उभिएको बताए । प्रधान न्यायाधीश पराजुलीले न्यायपालिकालाई बचाउने सामथ्र्य सञ्चार जगत्मा हुनुपर्ने धारणासमेत राखे ।

सो अवसरमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले अन्य लोकतान्त्रिक मुलुकको तुलनामा नेपालमा प्रेस स्वतन्त्रताको ज्यादा प्रत्याभूति भएको बताए ।

यसका साथै पत्रकारको नाममा अराजक, ठग्दै हिड्ने, प्रहरी अधिकारीलाई समेत दुःख दिने व्यक्तिमाथि कारवाही गर्दा अदालतले रोक्न नहुनेतर्फ ध्यानाकर्षण गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष तथा काउन्सिल सदस्य गोविन्द आचार्यले पत्रकार महासंघको विधानमा पत्रकार आचारसंहिता उल्लंघन गर्नेलाई पत्रकारको सदस्यता खारेज गर्ने प्रावधान रहेको बताए ।

कार्यक्रममा काउन्सिलका उप प्रशासकीय अधिकृत रामशरण बोहराले अनलाइन उजुरी प्रणालीको प्रयोग र काउन्सिलको समग्र गतिविधिको संक्षिप्त विवरणसहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL