Logo

ओविओआर अन्तरगत नेपाली र चिनियाँ व्यवसायीबीच सम्झौता, भित्रिएला नेपालमा लगानी

ओविओआर अन्तरगत नेपाली र चिनियाँ व्यवसायीबीच सम्झौता, भित्रिएला नेपालमा लगानी


बिजखबर संवाददाता
54
Shares

ओविओआर अन्तरराष्ट्रिय व्यापार तथा लगानी मञ्चमा नेपाली कम्पनीहरु र चिनियाँ उद्यमी, व्यापारीहरुबीच सम्झौता भएको छ । दुई देशका व्यवसायीक प्रतिनिधिमण्डलबीच द्विराष्ट्रिय व्यापार आदान प्रदान तथा व्यापार तथा लगानीका लागि अन्तराष्ट्रिय एवं व्यापारिक सम्झौता समेत भएको हो ।

ओबिओआर अन्तराष्ट्रिय व्यापार तथा लगानी मन्चको अध्यक्ष भाष्कर राज राजकर्णिकारको नेतृत्वमा गत हप्ता ९ सदस्यीय व्यापारिक मण्डल दक्षिण एसिया तथा दक्षिण पूर्व एसिया लगानी तथा व्यापार मेलामा सहभागी हुन चीन गएका थिए । सोही अबसरमा व्यापारिक सहकार्य तथा संयुक्त लगानी र नेपालको विज्ञापन बजारमालाई थप परिष्कृत बनाउन चीन र नेपालका लगानीकर्ताबीच सम्झौता भएको हो ।

नेपाल र चिनको बिज्ञापन व्यवसायलाई परिष्कृत बनाउन दुई देशिय व्यापारिक आदान–प्रदान गर्न एक सम्झौता पत्रमा आनका पूर्व अध्यक्ष निर्मल राज पौडेल र चिनियाँ पक्षले हस्ताक्षर गरेका हुन् । साथै व्यापारिक सहकार्य र संयुक्त लागानीका लागि राजेश बज्राचार्य र चिनिया कम्पनी बिच सम्झौता समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL