Logo

मुद्रास्फीतिमा चाप, पेट्रोलियम पदार्थ र निर्माण सामग्रीले बढायो मूल्य

मुद्रास्फीतिमा चाप, पेट्रोलियम पदार्थ र निर्माण सामग्रीले बढायो मूल्य


बिजखबर संवाददाता
216
Shares

काठमाडौं । पछिल्लो समय मुद्रास्फीति बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको पहिलो ५ महिनामा मुद्रास्फीति बढ्दै ४ दशमलव २ प्रतिशतमा पुगेको छ । जबकि गत आबको सोही अबधिमा यस्तो मुद्रास्फीति ३ दशमलव ८ प्रतिशत मात्र रहेको थियो ।

पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि र निर्माणको सामग्रीको मूल्य बृद्धिका कारण समग्र मुद्रास्फीतिमा चाप पर्न गएको राष्ट्र बैंकले जानकारी दिएको छ । सो अबधिमा खाद्य मुद्रास्फीति पनि बढेर २ दशमलव ८ प्रतिशत पुगेको छ । तर, गत आबको सोही अबधिमा यस्तो मुद्रास्फीति शुन्य दशमलव ६ प्रतिशत मात्र रहेको थियो ।

विशेषगरी पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्य बृद्धिका कारण आगामी दिनमा मुद्रास्फीतिमा थप चाप पर्न जाने राष्ट्र बैंकको भनाइ छ । सो अबधिमा तराइमा सबैभन्दा कम र हिमालमा सबैभन्दा बढी मुद्रास्फीति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL