Logo

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


बिजखबर संवाददाता
10.2k
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले मूल्य समायोजन गर्दै मूल्य बृद्धि गरेको हो ।

जस अनुसार निगमले पेट्रोलमा प्रतिलिटर १ रपैयाँ डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको छ । नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १ सय ३ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७१ रुपैयाँ पुगेको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमका अनुसार बढेको मूल्य बुधबार राती १२ बजे पछि लागु हुनेछ । निगमाले पेट्रनेलिमय पदार्थको मूल्य बढाएपनि निगमलाई अझै मासिक ३८ करोड रुपैयाँ घाटा रहेको निमगले जानकारी दिएको छ ।

निगमले ग्याँस तथा हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ ।

प्रतिक्रिया दिनुहोस्